नेप्सेमा दाेहाेराे अंककाे गिरावट
प्रकाशित मिति
२०७९ मंसिर १९ गते, सोमबार ०४:००
१९ मंसिर २०७९, काठमाडौँ : आज (साेमबार) फेरि सेयर बजारले ओरालो यात्रा नै तय गरेकाे छ । बजार दाेहाेराे अंकले घटेकाे हाे । आइतबार वृद्धि देखिएकाे बजार साेमबार फेरि घटेकाे हाे । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (साेमबार) सेयर कारोबार मापक नेप्से परिसूचक २४.४६ अंकले घटेर १९३८.७६ विन्दुमा झरेकाे छ । नेप्से १.२५ प्रतिशतले घटेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि ५.१९ अंकले घटेर ३७९.६४ विन्दुमा झरेको छ ।
कूल २४० वटा कम्पनीकाे ४१ लाख २७ हजार २ सय ८६ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ६७ करोड ४ लाख ५५ हजार रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ । स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै वटा उपसमूहकाे सेयर घटेको छ ।
त्यसैगरी, साेमबार काराेबार रकममा रिडी पावरले अग्रता कायम गरेकाे छ । कम्पनीकाे ३० कराेड ८३ लाख ५७ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे छ । आज सयपत्री हाइड्राेपावर कम्पनी लिमिटेडकाे सेयरमूल्यमा सबैभन्दा धेरै बढेकाे छ । कम्पनीकाे सेयरमूल्य ३.१२ प्रतिशतले बढेर ३ सय ६४ रूपैयाँ पुगेकाे छ ।
यस दिन अजाेड इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । कम्पनीकाे सेयरमूल्य ७.३७ प्रतिशतले घटेर ४ सय १५ रूपैयाँमा झरेकाे छ ।







प्रतिकृया