• १३ असोज २०८३, मंगलबार
  • ४ः०८ बिहान

माया लुहार हत्या प्रकरण: सशस्त्र प्रहरी जवान पक्राउ

प्रकाशित मिति

२०७९ मंसिर १८ गते, आईतवार ०८:००

१८ मंसिर, २०७९, काठमाडौं : माया लुहार हत्यामा संलग्न भएको आरोप लागेका सशस्त्र प्रहरी बलका जवान भरतराम कोली प्रकाउ परेका छन्। कञ्चनपुरको शिवनाथ गाउँपालिका- ४ का कोली कञ्चनपुरको महेन्द्रनगरबाट पक्राउ परेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ। मायाको बुधबार दिउँसो शिवनाथ गाउँपालिका-६ शिवनाथ मन्दिर नजिकै घाँटी रेटेर हत्या गरेको अवस्थामा शव फेला परेको थियो।

National Life

यस्तै, सोही ठाउँकी १५ वर्षीया नेहा लुहार घाँटीमा धारिलो हतियार प्रयोग गरेर गम्भीर घाइते अवस्थामा भेटिएकी थिइन्। उनी पञ्चेश्वर गाउँपालिका र शिवनाथ गाउँपालिकाको सीमास्थित बालाडाँडामा रक्ताम्य अवस्थामा फेला परेकी हुन्। हाल उनको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ। माया र नेहा मङ्गलबार घरबाट लुगा सिउन भनी पञ्चेश्वरकै कुँलाउ गएका थिए।

प्रतिकृया