• ११ असोज २०८३, आइतबार
  • २ः२७ राती

भारतको प्रतिबन्ध फुकुवापछि नेपालमा सस्तिने भयो चामल, २० प्रतिशत कर पनि नलाग्ने

प्रकाशित मिति

२०७९ मंसिर १८ गते, आईतवार १२:५०

१८ मंसिर २०७९, काठमाडौँ: भारतले कनिका र गैरबासमती चामल निकासीमा लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । भारतको विदेश व्यापार महानिर्देशनालय (जीजीएफटी) एक सूचना जारी गर्दैै कनिका र गैरबासमती चामलको निकासीमा लगाइएको प्रतिबन्ध फुकुवा भएको जनाएको हो ।

National Life

यसअघि भारतले आन्तरिक उपलब्धतामा कमी हुनसक्ने भन्दै कनिका निकासीमा प्रतिबन्ध लगाएको थियो भने गैरबासमती चामलको निकासीमा २० प्रतिशत कर थप गरेको थियो । तर, अव भने कनिका र चामलको निकासीमा प्रतिबन्धअघिकै नियम लागु हुने भएको छ ।


भारतको यो निर्णयपछि नेपाललाई भारतबाट कनिका आयातमा सहज हुनेछ भने चामल निकासीमा लगाइएको अतिरिक्त कर पनि हट्ने भएको छ । योसँगै अव नेपालमा चामलको भाउ पनि सस्तिने भएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया