• ३१ भदौ २०८३, बुधबार
  • १ः३० दिउँसो

नोट छाप्न भारतीय कम्पनीलाई ठेक्का

प्रकाशित मिति

२०७९ मंसिर १६ गते, शुक्रबार ०७:३३

१६ मंसिर २०७९, काठमाडौँ : नेपाल राष्ट्र बैंकले एक हजार दरका ४३ करोड थान बैंक नोट छाप्ने जिम्मा भारतीय सरकारी कम्पनीलाई दिएको छ। भारत सरकारको स्वामित्व रहेको भारत प्रतिभूति मुद्रण तथा मुद्रा निर्माण निगम लिमिटेड (सेक्युरिटी प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसन अफ इन्डिया लिमिटेड) लाई नोट छपाइका लागि ठेक्का दिन लागिएको हो।

National Life

राष्ट्र बैंकले बुधवार उक्त ठेक्का सम्झौता गर्नेसम्बन्धी आशयपत्र जारी गरेको छ । एक हजार दरका ४३ करोड थान नोटको डिजाइन, छपाइ र ढुवानीको काम भारतीय कम्पनीले नै गर्नेछ । यसका लागि उसले एक करोड ११ लाख ३४ हजार पाँच सय छ अमेरिकी डलर (बुधवारको विदेशी विनिमय दरअनुसार रु. एक अर्व ४५ करोड ८६ लाख २० हजार) बराबर कबोलेको थियो ।


नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले गत सेप्टेम्बरमा अन्तर्राष्ट्रिय बोलकबोल प्रतिस्पर्धाबाट कम्पनी छनोटका लागि ठेक्का प्रस्ताव आह्वान गरेको थियो। त्यसमा ब्राजिल, चीन र फ्रान्सका कम्पनीले पनि प्रस्ताव हालेका थिए तर आर्थिक र प्राविधिक रूपमा उपयुक्त रहेको भन्दै भारतीय कम्पनी छनोटमा परेको हो । यो समाचार कारोबार दैनिकमा छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया