निफ्राले डाक्यो निफ्राले चौथो वार्षिक साधारण सभा
प्रकाशित मिति
२०७९ मंसिर ९ गते, शुक्रबार ०४:५६
९ मंसिर २०७९, काठमाडौँ : नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) काे वार्षिक साधारण सभा भाेलि (मंसिर १० गते, शनिबार) हुँदैछ । बैंकको संचालक समितिको बैठकले गरेकाे निर्णय अनुसार बैंकको चौथो वार्षिक साधारण सभा मंसिर १० गते, शनिबार अनुपम फुडल्यान्ड काठमाडौँमा बिहान ९ बजेदेखि सुरू हुनेछ । सभाले बैंकले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको ४.२१ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीको आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक पनि तोकिनेछ ।

लाभांश र सभा प्रयोजनका लागि बैंकले मंसिर १ गते एक दिनका लागि बुकक्लोज गरेको थियाे । त्यसैले मंसिर १ गतेभन्दा अगाडी सेयर किन्ने सेयरधनीहरुले मात्र लाभांश लिन र साधारण सभामा सहभागी हुन पाउनेछन् ।





प्रतिकृया