• ११ असोज २०८३, आइतबार
  • ६ः४३ बिहान

नेप्से परिसूचकसँगै घट्याे काराेबार रकम

प्रकाशित मिति

२०७९ मंसिर ७ गते, बुधबार ०५:०२

७ मंसिर २०७९, काठमाडौँ : आज (बुधबार) सेयर बजारमा सामान्य गिरावट देखिएकाे छ । नेप्से परिसूचकसँगै काराेबार रकम पनि अघिल्लाे दिनकाे तुलनामा घटेकाे छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक ७.७२ अंकले घटेर १९२१.९९ विन्दुमा झरेकाे छ । नेप्से ०.४० प्रतिशतले घटेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि १.७० अंकले घटेर ३७७.९० विन्दुमा झरेको छ ।

National Life

कूल २२३ वटा कम्पनीकाे २८ लाख ३९ हजार ३ सय ७३ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब २ करोड २२ लाख ९३ हजार ५ सय ५२ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ । स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज २ वटा उपसमूहकाे सेयर बढेकाे छ । बाँकी ११ वटा उपसमूह घटेकाे छ । उत्पादन तथा प्रषाेधन समूह र व्यापार समूह बढेकाे हाे ।


त्यसैगरी, बुधबार पनि नेपाल बैंक लिमिटेडकाे नै सर्वाधिक काराेबार भएकाे छ । बैंककाे १२ कराेड ७७ लाख ४० हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे छ । आज २ कम्पनीकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । सिभिल बैंक लिमिटेड र घलेम्दी हाइड्राेपावर कम्पनी लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे हाे ।

Classic Tech Mobile
Classic Tech Desktop

यस दिन स्ट्यान्डर्ड चार्टर्ड बैंक लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । बैंककाे सेयरमूल्य ४.७८ प्रतिशतले घटेर ४ सय १८ रूपैयाँमा झरेकाे छ ।

प्रतिकृया