• १४ असोज २०८३, बुधबार
  • ८ः५४ राती

निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ: दिनेशकुमार थपलिया

प्रकाशित मिति

२०७९ मंसिर ३ गते, शनिबार ०२:४४

३ मंसिर, २०७९, काठमाडौँ: निर्वाचन आयोगले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको हो। शनिबार आयोगमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन आवश्यक पर्ने निर्वाचन सञ्चालन तथा व्यवस्थापनसम्बन्धी सम्पूर्ण तयारी पूरा भइसकेको बताए।

National Life

स्थिर समयमा आचारसंहिताको प्रभावकारी कार्यान्वयनको लागि निर्वाचन अनुगमन टोली र मतदान कार्यमा खटिएका कर्मचारी एवं सुरक्षाकर्मीबाट समेत सुक्ष्म अनुगमनको कार्य भइरहेको उनकाे भनाइ छ।


प्रमुख निर्वाचन आयुक्त थपलियाले भने, ‘नेपालको संविधानले प्रत्याभुत गरेको जनताको प्रतिष्पर्धात्मक लोकतान्त्रिक शासनप्रणाली, जनतामा निहीत सार्वभौम सत्ता, नागरिक स्वतन्त्रता,मौलिक हक, बालिक मताधिकार, आवधिक निर्वाचन र संघीय लोकतान्त्रिक गणतन्त्रको जगमा हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ लाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन आवश्यक पर्ने निर्वाचन सञ्चालन तथा व्यवस्थापनसम्बन्धी सम्पूर्ण तयारी पूरा भइसकेको छ। माैन अवधिमा आचारसंहीताको प्रभावकारी कार्यान्वयनको लागि निर्वाचन अनुगमन टोली र मतदान कार्यमा खटिएका कर्मचारी एवं सुरक्षाकर्मीबाट समेत सुक्ष्म अनुगमनको कार्य भइरहेको छ। आयोगले मतदानका दिन आवश्यक सेवाका लागि सञ्चलन हुने तथा सञ्चारकर्मी, पर्यवेक्षक, अनुगमन कर्ता लगायतका सवारीसाधनलाई अनुमति लिनु नपर्ने गरी व्यवस्था गरेको छ।’

Classic Tech Mobile
Classic Tech Desktop

उनले आयाेगबाट स्वीकृत मापदण्ड बमोजिम निर्वाचनको स्वच्छता र स्वतन्त्रतामा प्रतिकुल असर नपर्ने गरी यातायातको व्यवस्थित सञ्चालन तथा सवारी आवागमनको उपयुक्त प्रवन्ध मिलाउन सम्बन्धित प्रमुख जिल्ला अधिकारीहरु र तोकिएका अधिकारीहरुलाई आग्रह गरिसकेको पनि बताए।

प्रतिकृया