दाङका ६१ मतदान केन्द्रको नेतृत्व महिलालाई
प्रकाशित मिति
२०७९ कार्तिक २७ गते, आईतवार ०९:४२
२७ कात्तिक २०७९, काठमाडौँ : दाङमा ६१ मतदान केन्द्रको नेतृत्व महिलालाई दिइएको छ। जिल्लाका तीन निर्वाचन क्षेत्रका चार सय ६५ मतदान केन्द्र रहेका छन्। क्षेत्र नं १ मा २४, क्षेत्र नं २ मा १७ र क्षेत्र नं ३ मा २० मतदान केन्द्रमा महिलालाई जिम्मेवारी प्रदान गरिएको हो।

क्षेत्र नं १ मा एक सय ५२, क्षेत्र नं २ मा एक सय ४६ र क्षेत्र नं ३ मा एक सय ६७ मतदान केन्द्र रहेको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका निर्वाचन अधिकारी नारायण भण्डारीले बताए। त्यस्तै जिल्लामा एक सय ५३ मतदान स्थल छन्। जिल्लाका तीन निर्वाचन क्षेत्रमा मात्रै तीन हजार आठ सय बढी कर्मचारी खटिएका छन् भने पाँच हजार सुरक्षाकर्मी परिचालन गरिएको छ।
मंसिर ४ गते हुने निर्वाचनका लागि जिल्लामा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ। निर्वाचन सामग्रीसमेत जिल्लामा आइसकेको निर्वाचन अधिकारी भण्डारीले बताए।

Related
Recent News
- त्रिशूली–३ ‘ए’ सुरुङमा सेनासँगै प्राधिकरणका प्राविधिक पनि प्रवेश
- रसुवा बाढीमा घाइते थप दुई जनाको मृत्यु
- मेदान्ता-द मेडिसिटी हस्पिटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता
- एनएमबि क्यापिटलद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्घार कोषमा रु.पन्ध्र लाख सहयोग
- महालक्ष्मी विकास बैंकद्धारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख सहयोग
- माथिल्लो त्रिशूली–३ ए को सुरुङमा एक शव फेला, खोजी तथा उद्धार जारी
- बाढीपीडितका लागि निर्जीवन बीमा व्यवसायी संघद्वारा ३ करोड ४७ लाख सहयोग
- लक्ष्मी सनराइज बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३.२४ करोड सहयोग
- १० दिनपछि त्रिशूली–३ ‘ए’ सुरुङबाट दुई जनाको जीवित उद्धार, को हुन् उनीहरू ?
- विज्ञ टोलीसहित बाढी प्रभावित रसुवा पुगे कांग्रेस सभापति गगन थापा
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ



प्रतिकृया