• १२ असोज २०८३, सोमबार
  • ११ः०९ बिहान

सुन्दरबजार नगरपालिकामा आज सार्वजनिक बिदा

प्रकाशित मिति

२०७९ कार्तिक १८ गते, शुक्रबार ०८:३५

१८ कार्तिक २०७९, काठमाडौँ : लमजुङको सुन्दरबजार नगरपालिकाले हरिबोधिनी एकादशीको अवसरमा आज नगरपालिकाभर सार्वजनिक बिदा दिएको छ। नगरपालिकाले एक सूचना जारी गरी हरिबोधिनी एकादशीका दिन नगरपालिका कार्यालय, सामुदायिक विद्यालय, स्वास्थ्य संस्था तथा मातहतका संघ संस्थामरुमा सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ।

National Life

नगर कार्यपालिकाको छैटौं बैठकले उक्त बिदा दिने निर्णय गरेको हो। सुन्दरबजार नगरपालिका(७ पाउँदी स्थित कर्मदा नदीका शिवजी मन्दिरमा एकादशी मेला लाग्ने गर्दछ। एकादशी मेला भर्नको लागि पाउँदीमा ठूलो भीड लाग्ने हुँदा यस क्षेत्रका कार्यालय, विद्यालय र संघसंस्थाहरु प्रभावित बन्दै आएका थिए। पाउँदीस्थित मर्स्याङ्दी किनारमा मेला भर्ने भक्तजनहरुको भीड लाग्ने गर्दछ भने फूलको डोली तार्न गाउँबाट भक्तजनहरु पाउँदी घाटमा नुहाउन आउने गर्दछन्।

प्रतिकृया