एनआईसी एशिया बैंकको प्रमुख कार्यकारी अधिकृतमा न्यौपाने पुन: नियुक्त
प्रकाशित मिति
२०७९ कार्तिक १६ गते, बुधबार ०६:१८
१६ कात्तिक २०७९, काठमाडौँ : एनआईसी एशिया बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा रोशनकुमार न्यौपानेलाई पुन: नियुक्त गर्ने भएको छ। हाल बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत रहेका न्यौपानेलाई बैंक सञ्चालक समितिले आगामी मंसिर १५ गतेदेखि लागू हुनेगरी प्रमुख कार्यकारी अधिकृतको पदमा थप ४ वर्ष अवधिको लागि पुन: नियुक्त गर्ने निर्णय गरेको हो । आज कात्तिक १६ मा बसेको सञ्चालक समितिको ५७३ औं बैंठकले उनलाई दोस्रो कार्यकालका लागि नियूक्त गर्ने निर्णय गरेको छ । उनको दोस्रो इनिङ थप सफल हुने विश्वास बैंक सञ्चालक समितिले लिएको छ ।
सन् २००८ अप्रिलदेखि तत्कालिन बैंक अफ एशिया नेपाल लिमिटेडमा २८ वर्षको उमेरमा आन्तरिक लेखा परीक्षण विभागको इन्चार्जको जिम्मेवारीबाट बैंकको सेवामा जोडिएका न्यौपाने प्रमुख जोखिम अधिकृत हुँदै सन् २०१८ मा यसै बैंकको सहायक प्रमुख कार्यकारी अधिकृत भएका थिए । सहायक प्रमुख कार्यकारी अधिकृत हुँदै निमित्त प्रमुख कार्यकारी अधिकृतको रुपमा बैंकको नेतृत्व सम्हालेपछिको छोटो अवधिमा नै बैंकले विविध सूचांकहरुमा उत्साहजनक व्यावसायिक उचाइ हासिल गरेपछि बैंक सञ्चालक समितिको ०७५ मंसिर १६ को ३७९ औं बैंठकले उनलाई ०७५ मंसिर १६ गतेदेखि लागू हुने गरी ४ वर्षको लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो ।





प्रतिकृया