• ०६:१९ २०८० फाल्गुन १२ गते
  • 6:19 am

डिजिटल बैंकिङ्गलाई प्रोत्साहन गर्न महालक्ष्मी विकास बैँकले ल्यायो नयाँ योजना

प्रकाशित मिति

२०७९ कार्तिक १६ गते, बुधबार ०७:४१

2 3 4 ko Jadu 41XCREHTtv

१६ कात्तिक २०७९, काठमाडौँ : “सबल बैँक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै विगत २८ वर्ष देखि अनवरत रुपले सरल, सहज र गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आइरहेको महालक्ष्मी विकास बैँकले डिजिटल बैंकिङ्गलाई प्रोत्साहन गर्ने उद्देश्यले महालक्ष्मी मोबाइल एप प्रयोगकर्ताहरूका लागि “महालक्ष्मी बैँक २ ३ ४ को जादु” योजना सञ्चालनमा ल्याएको छ ।


यस योजना अन्तर्गत महालक्ष्मी मोबाईल एप प्रयोग गरी दुई महिनासम्म तीन वटा कारोबार गर्ने ग्राहकहरू मध्ये भाग्यशाली चार ग्राहकहरुले स्मार्ट फोन प्राप्त गर्न सक्नेछन् । बैँकले यस योजना हालसम्म महालक्ष्मी मोबाईल एप प्रयोग नगरेका ग्राहकहरुलाई लक्षित गर्दै नोभेम्बर १, २०२२ देखी डिसेम्बर ३१, २०२२ सम्म सञ्चालन गर्न लागेको हो ।


ग्राहकले दुई महिनासम्म तीनवटा कारोबार गर्दा कारोबार रकम न्यूनतम रु।एक सय वा सो भन्दा माथि साथै कम्तीमा पनि एउटा कारोबार मोबाइल टपअपको हुनुपर्ने बैँकले जनाएको छ । बैँकले ग्राहकहरुको बैंकिङ्ग आवश्यकता तथा अपेक्षालाई मध्यनजर गर्दै डिजिटल बैंकिङ्गका साथसाथै थप गुणस्तरिय वित्तीय सेवा प्रदान गर्ने प्रतिवद्धता जनाएको छ ।

प्रतिकृया