• १२ असोज २०८३, सोमबार
  • १०ः५४ बिहान

एनआईसी एशिया बैंकले खुद मुनाफा ४९ प्रतिशतले बृद्धि

प्रकाशित मिति

२०७९ कार्तिक ७ गते, सोमबार ०३:४०

७ कार्तिक २०७९, काठमाडौँ : मुलुकभर फैलिएका शाखामार्फत आफ्ना ग्राहकमाझ बैंकिङ्ग सेवा प्रदान गर्दै आएको एनआईसी एशिया बैंकले चालु आर्थिक वर्षको प्रथम ३ महिनामा ४९ प्रतिशतले मुनाफा बढाएको छ । बैंकको प्रथम त्रैमासिकको अपरिष्कृत वित्तीय विवरण अनुसार वित्तीय सूचकांकहरूमा अग्रणी स्थान ओगटेको देखाएको छ ।

National Life

बैंकले यस आर्थिक वर्षको प्रथम त्रैमासिकमा कर्जा व्यवसायतर्फ कुल २७३.१० अर्ब पुर्याउन सफल भएको छ । भने निक्षेप संकलन ३०८.१८ अर्ब पुर्याएको बैंकले जनाएको छ । बैंकले यस अवधीमा खुद मुनाफा १ अर्ब ७५ करोड आर्जन गरेको छ । जुन वार्षिक विन्दुगत आधारमा ४९ प्रतिशतको वृद्धि हो ।


यसैगरी बैंकको स्व–पूँजीमा प्रतिफल २६.५५ प्रतिशत रहेको छ । यस बैंकले वार्षिक प्रति शेयर आम्दानी ५९.६२ आर्जन गर्न सफल भएको छ । स्व–पूँजीमा प्रतिफल र प्रति शेयर आम्दानी २६ वटै बाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी रहेको अनुमान बैंकले गरेको छ । बैंकले कर्जा असुलीमा निकै उत्साहजनक नतिजा हासिल गर्न सफल भई निष्कृय कर्जालाई ०.५९ प्रतिशतमा सीमित राख्न सफल भएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

बैंकले चालु आर्थिक वर्षको प्रथम तिन महिनामा २ लाखभन्दा बढी नयाँ ग्राहकहरू थप गर्दै ३४ लाखभन्दा बढी ग्राहक माझ सेवा पुर्याएको दावी गरेको छ । बैंकले कुल कर्जा लगानीको अंशमा करिब ८४ प्रतिशत साना तथा मझौला र रिटेल प्रकारका रणनीतिक क्षेत्रहरूमा कर्जा विस्तार गरेको छ । साना तथा मझौला कर्जा लगानीमा मुलुकका अन्य वाणिज्य बैंकहरू भन्दा यस बैंक अग्रणी स्थानमा रहेको बैंकको भनाइ छ ।


यस बैंकले मुलुकभर ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०३ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ । देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन यस बैंक सफल भएको छ ।


देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पुर्याउन उत्तरदायी बंैकिङ्गको अभ्यास गर्दै स्थापना कालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल १९ अर्ब ९२ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको र गत आर्थिक वर्षमा ३ अर्ब ४१ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाएको जनाएको छ ।


वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । देशको कुल जनसंख्याको ८०% भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२% शाखा कार्यालयहरू स्थापना गरेको नायब प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डेद्वारा जारी विज्ञप्तीमा जनाएको छ ।

प्रतिकृया