• १८ भदौ २०८३, बिहीबार
  • ९ः०८ राती

नेपालमा पहिलो पटक भेटियो कोरोनाको एक्सबिबी सब-भेरियन्ट, मास्क लगाउन मन्त्रालयको आग्रह

प्रकाशित मिति

२०७९ कार्तिक ७ गते, सोमबार ०६:५३

७ कात्तिक २०७९, काठमाडौँ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा पनि कोरोना ओमिक्रोनको सव-भेरियन्ट (एक्सबिबि) का संक्रमित पहिलो पटक पहिचान भएको बताएको छ। यो भेरियन्ट हाल विभिन्न देशमा फैलिरहेको र कोरोनाको संक्रमण बढिरहेको देखिएको पनि मन्त्रालयले आइतबार निकालेको विज्ञप्तिमा उल्लेख छ।


मन्त्रालयले गत साउन २१ देखि असोज १४ सम्म कोरोना लागेका विभिन्न उमेर समूहका व्यक्तिहरूबाट संकलित नमूनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा छनौट गरी केही नमूनाको जिनोमिक पहिचान गरेको थियो। सोही क्रममा एक्सबिबि सव-भेरियन्ट नेपालमा पहिलो पटक पहिचान गरिएको हो।

Kamana Sewa

मन्त्रालयले तिहारलगायत चाडपर्वमा भिडभाड हुने भएकोले मास्कलगायतको उचित प्रयोग गर्न सबैमा अनुरोध गरेको छ। यो सव-भेरियन्ट तिव्र गतिमा फैलिने सम्भावना रहेको पनि मन्त्रालयको भनाइ छ।

Classic Tech Desktop

प्रतिकृया