• १३ असोज २०८३, मंगलबार
  • १ः५८ दिउँसो

आजको मौसम कस्तो रहला ?

प्रकाशित मिति

२०७९ कार्तिक ३ गते, बिहीबार ०६:३८

३ कात्तिक २०७९, काठमाडौँ : हाल देशका पश्चिमी भू-भागमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको महाशाखाले जानकारी दियो ।

National Life

आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा र बाँकी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। राती देशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।


भोलि पनि गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया