• ४ साउन २०८३, सोमबार
  • ८:०८ बेलुका

नम्बर प्लेट स्पष्ट नराख्ने ४ सय ४६ र मापसे गरी सवारी साधन चलाउने ४ जना चालक कारबाहीमा

प्रकाशित मिति

२०७९ आश्विन ३० गते, आईतवार १२:१३

३० असोज २०७९, काठमाडौँः आज गरिएको विशेष चेकिङको क्रममा काठमाण्डौ उपत्यकाका बिभिन्न स्थानबाट ट्राफिक नियम उल्घन गर्ने १ हजार ४ सय ७ जना चालकलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ । नम्बर प्लेट स्पष्ट नभएका ४ सय ४६ जना, नम्बर प्लेट आकाशतिर फर्काउने ७ जना, दिउँसै मापसे गरी सवारी साधन चलाउने ४ जना, तिब्रगतीमा सवारी चलाउने १५५ जना, अनावश्यक हर्न बजाउँने ५ जना र ठुलो आवाज निकाल्ने २ ओटा मोटरसाइकलका चालक कारबाहीमा परेका हुन ।


त्यस्तै चेकिङकै क्रममा अन्य ट्राफिक नियम उल्घन गर्ने ७ सय ८८ जना चालक पनि कारवाहीमा परेका
छन् । स्पष्ट रुपमा नम्बरहरु नदेखिने र मापदण्ड अनुसार नम्बर प्लेट नराख्ने सवारी साधनको चेकजाँच अभियानलाई काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले हिजोदेखी तिब्रता दिएको हो । नम्बर प्लेट स्पष्ट नराखी सवारी साधन चलाउदा सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसारको कसूर हुनुको साथै सवारी दुर्घटनाको अनुसन्धानमा समस्या हुने भएकाले स्पष्ट रुपमा देखिने र बुझिने गरी मापदण्ड अनुसारको नम्बर प्लेट बनाएर सवारी साधनको अगाडी र पछाडी राख्नुहुन काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका सह-प्रवक्ता एवं प्रहरी उपरीक्षक अवदेश बिष्ट क्षेत्रीले अनुरोध गर्नुभएको छ ।

Kamana Sewa

प्रतिकृया