• ११ असोज २०८३, आइतबार
  • ५ः३५ बिहान

युक्रेनलाई आवश्यक परेजति सहयोग गर्छौँ : जी-७

प्रकाशित मिति

२०७९ आश्विन २६ गते, बुधबार १०:२२

२६ आश्विन २०७९, काठमाडौँ : धनी देशहरूको समूह जी-७ का नेताहरूले रुससँगको युद्धमा आवश्यक परेजति र अन्तिमसम्म नै युक्रेनलाई सहयोग गर्ने बताएका छन् । रुसले सोमबार युक्रेनको राजधानी किएभसहित प्रमुख सहरका मुख्य क्षेत्रलाई निशाना बनाएर मिसाइल आक्रमण गरेपछिको अवस्थामा जी-७ का नेताहरुले सहयोग-साथको प्रतिवद्धता दोहोर्‍याएका हुन्।

National Life

भर्च्युअल रूपमा आकश्मिक बैठक गरेका जी-७ का नेताहरुले युक्रेनलाई सैन्य तथा मानवीय सहायता निरन्तर प्रदान गरिरहने उल्लेख गरेका हुन् । यस्तै, पश्चिमा देशहरूको सैन्य गठबन्धन नेटोले पनि आवश्यक परेसम्म युक्रेनको साथमा उभिने उल्लेख गरेको छ ।


राजधानीको मध्य क्षेत्रसहितका स्थानमा रुसले गरेको मिसाइल आक्रमणमा परेर कम्तीमा १९ जनाको मृत्यु भएको तथा अरू धेरै गम्भीर घाइते भएको युक्रेनी अधिकारीलाई उद्धृत गर्दै अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। रुसले मिसाइल आक्रमण मंगलबार पनि जारी राखेको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले क्राइमियालाई रुससँग जोड्ने रणनीतिक महत्त्वको पुलमा भएको बिस्फोटको जवाफमा मिसाइल आक्रमण गरिएको बताएका छन् ।

प्रतिकृया