• ११ असोज २०८३, आइतबार
  • ४ः०० बिहान

मलेसियाका प्रधानमन्त्रीद्वारा संसद विघटन

प्रकाशित मिति

२०७९ आश्विन २५ गते, मंगलवार ०९:३५

२५ असोज २०७९, क्वालालमपुर : मलेसियाका प्रधानमन्त्री इस्माइल साब्रि याकोबले संसद विघटनको घोषणा गरेका छन्। उनले संसद विघटन गर्दै मध्यावधि निर्वाचन समेत घोषणा गरेका छन्। उनले घोषणा गरेअनुसार आगामी ६० दिन भित्रमा निर्वाचन हुनेछ। तर निर्वाचनकै मिति भने तय भइसकेको छैन। सरकारको सिफारिसमा निर्वाचन आयोगले केही दिनमा निर्वाचनको मिति घोषणा गर्ने जनाइएको छ।

National Life

टेलिभिजनबाट देशका नाममा सम्बोधन गर्दै उनले संसद विघटन र निर्वाचन घोषणाका लागि राजा सुल्तान अब्दुल्लाह सुल्तान अहमद शाहसँग अनुमति लिईसकेको पनि जानकारी दिएका छन्। सन् २०१८ को निर्वाचनपछि देशमा अप्रत्यासित विभिन्न घटनाक्रम भएकोले देशको आर्थिक तथा राजनीतिक अवस्थालाई असर गरेकाले तत्काल निर्वाचन गर्नु परेको उनको भनाई छ। सम्बोधनका क्रममा उनले भनेका छन्, ‘हामीले फेरी जनताको अभिमत लिने निर्णय गरेका छौँ, जनताको अभिमत नै सबैभन्दा शक्तिशाली हुन्छ, निर्वाचनबाट प्राप्त जनताको अभिमत अनुसार गर्नेछौँ ।’


देशमा राजनीतिक स्थायित्व, जिम्मेवार तथा सुनिश्चित सरकारको आवश्यकता रहेकोमा समेत उनले जोड दिएका छन्। निर्वाचनबाट प्रतिनिधि सभाका दुई सय २२ सदस्य निर्वाचित हुनेछन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया