• ३ साउन २०८३, आइतबार
  • ९:२४ बिहान

यी हुन् कफी खानुका ७ फाइदा

प्रकाशित मिति

२०७९ आश्विन १७ गते, सोमबार ०७:३५

१७ असोज २०७९, काठमाडौँ: एक अध्ययनले कफी खानु स्वास्थ्यको हिसाबले निकै हितकर हुने देखाएको छ। दैनिक उचित मात्रामा कफी खानुले विभिन्न किसिमको स्वास्थ्य समस्याबाट बचाउन सक्ने नयाँ अध्ययनले देखाएको हो। त्यसो भए उचित मात्रा कति हो त?


हङकङकी डाइटिसियन जोए त्सुई भन्छिन्, ‘प्राविधिक रुपमा तपाइँले दैनिक पाँच कपसम्म स्ट्याण्डर्ड कफी खान सक्नुहुन्छ। यो मापदण्ड ३०० एमजी क्याफिनको लागि राखिएको हो। तर, यसको मात्रा तपाइँले कुन मात्राको कफी पिउनुहुन्छ भन्ने कुरामा निर्भर हुन्छ।’

Kamana Sewa

त्यसैले चिकित्कले कफीको मात्रा बढी नहोस् भनेर दिनको एकदेखि दुई कपसम्म मात्र कफी पिउन सल्लाह दिइन्छ। बढीमा एकदेखि दुई कपसम्म मात्र कफी पिउनुले मानिसलाई मोटोपना र सुगरको मात्रा पनि उचित मात्रामा राख्न सहयोग गर्छ।

Classic Tech Desktop

यहाँ उचित मात्रामा कफी पिउनुका फाइदा उल्लेख गरिएको छ–

१. मुटु रोग
यसै साता युरोपेली जर्नल अफ प्रिभेन्टिभ कार्डिओलोजीमा प्रकाशित अध्ययनको नतिजाअनुसार दैनिक दुई कप कफी खानाले मुटुसम्बन्धी रोग तथा अकाल मृत्युबाट बचाउन सक्छ। दैनिक दुई कप कफी खाने मानिसमा अकाल मृत्युको जोखिम उल्लेख्य मात्रामा कम हुने गरेको अध्ययनले देखाएको छ।

दैनिकरुपमा कफी खाने मानिसमा अकाल मृत्युको जोखिम २७ देखि ११ प्रतिशतसम्म कम हुने अध्ययनको निष्कर्ष छ।

२. टाइप २ डायबेटिज
हालै सार्वजनिक भएको एक अध्ययनले दैनिक एक कप मात्र कफी खानाले कफी नखाने मानिसको तुलनामा टाइप २ डायबेटिजको जोखिम ११ प्रतिशतले कम हुने गरेको देखाएको छ भने कफी खाइरहेका मानिसले कफी छाड्दा टाप २ डायबेटिजको जोखिम १७ प्रतिशतले बढ्ने गरेको पाइएको हो।

३. पार्किन्सन्स रोग
अध्ययनका अनुसार कफी पार्किन्सन्स रोगको जोखिम नियन्त्रणका लागि मात्र नभएर यस्तो रोग लागेका मानिसको अवस्थामा सुधारको लागि पनि फाइदाजनक हुन सक्ने देखिएको छ।

४. कलेजोसम्बन्धी रोग
दैनिक कफी पिउनु कलेजोको लागि पनि फाइदाजनक हुन्छ। कफी खाने मानिसमा कलेजोको इन्जाइम स्तर कफी नखाने मानिसको तुलनामा सन्तुलित हुने गरेको अध्ययनले देखाएको छ।

५. कोलोन क्यान्सर
कोलोरेक्टल क्यान्सर धेरै मानिसलाई हुने क्यान्सर हो। नियमितरुपमा कफी सेवन गर्ने मानिसमा कोलोरेक्टल क्यान्सरको जोखिम २६ प्रतिशत कम हुन्छ। अध्ययनका अनुसार दिनमा दुई वा दुईभन्दा धेरै कफी खाने मानिसमा कोलोरेक्टल क्यान्सरको जोखिम कम हुन्छ। तर, कहिलेकाही मात्र कफी खाने मानिसमा भने रेक्टल क्यान्सरको जोखिम हुन्छ तर कोलोन क्यान्सरको जोखिम भने बढी हुँदैन।

६.अल्जाइमर
सन् २०११ मा फ्रन्टियर्स इन न्युरोसाइन्समा प्रकाशित अध्ययनको नतिजाअनुसार नियमित कफी सेवनले अल्जाइमर्सको जोखिम कम गर्छ।

७. स्ट्रोक
हालै मात्र २४ लाख मानिसमा गरिएको २१ भन्दा धेरै अध्ययनले दैनिक तीनदेखि चार कपसम्म कफी खाने मानिसमा स्ट्रोकको जोखिम २१ प्रतिशत कम गर्ने गरेको पाइएको छ। यद्यपि यो भन्दा धेरै कफी खाने मानिसमा भने जोखिम थप कम नहुने अध्ययनमा देखिएको छ।

प्रतिकृया