• १८ भदौ २०८३, बिहीबार
  • ५ः१८ बेलुका

कारोबार हुने अन्तिम दिन पनि नेप्से ओरालो यात्रामै

प्रकाशित मिति

२०७९ भाद्र ३१ गते, शुक्रबार ०२:५८

३१ भाद्र २०७९, काठमाडौंः आज शुक्रबारको कारोबार हुने अन्तिम दिन हो । अब असोजबाट शुक्रबार सेयर कारोबार बन्द हुनेछ। शुक्रबारको कारोबार हुने अन्तिम दिन पनि नेप्से ओरालो यात्रामै देखियो । बैंकहरूको ब्याजदर वृद्धिको निर्णयले सेयर बजारमा नकारात्मक प्रभाव परेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (शुक्रबार) सेयर कारोबार मापक नेप्से परिसूचक १४.१० अंकले घटेर १९१०.३८ विन्दुमा झरेको छ । नेप्से ०.७३ प्रतिशतले घटेको हो । यता सेन्सेटिभ परिसूचक पनि २.२३ अंकले घटेर ३७१.९० विन्दुमा झरेको छ ।


कूल २२० वटा कम्पनीको २९ लाख १६ हजार २ सय ७१ कित्ता सेयर खरिदबिक्री हुँदा ९० करोड ८१ लाख ८६ हजार ४ सय ८८ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

Kamana Sewa

प्रतिकृया