• २२ जेठ २०८३, शुक्रबार
  • २:१३ बिहान

चोलेन्द्रले आरोप लगाएका सर्वोच्चका न्यायाधीशलाई पनि समितिले बोलाउने

प्रकाशित मिति

२०७९ भाद्र २९ गते, बुधबार ११:३०

२९ भाद्र २०७९, काठमाडौंः संसदको महाभियोग सिफारिस समितिले बयानका लागि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले आरोप लगाएका सर्वोच्चका न्यायाधीशहरूलाई पनि बयानमा बोलाउने भएको छ। राणासँगै बेन्चमा बसेर संसद पुनर्स्थापना भएको घोषणा गर्ने सबै न्यायाधीशहरूलाई बोलाएर बयान लिन लागिएको समिति सदस्य सांसद प्रमोद साहले बताए।


संसद पुनर्स्थापनाको फैसला गर्ने इजलासमा न्यायाधीशहरू दीपक कार्की, मीरा खड्का, ईश्वर खतिवडा, आनन्दमोहन भट्टराई थिए। समितिमा बयान दिने क्रममा राणाले सर्वोच्चका अन्य न्यायाधीश हरिकृष्ण कार्की र प्रकाशमान सिंह राउतलाई पनि नाम नै किटेर आरोप लगाएका थिए।

Kamana Sewa

यसका साथै वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, रमण श्रेष्ठ, नेपाल बारका पूर्वअध्यक्ष चण्डेश्वर श्रेष्ठ, अधिवक्ता ओमप्रकाश अर्याललगायतलाई पनि बोलाउने निर्णय भएको सांसद साहले बताए। बहालवाला न्यायाधीश र अधिवक्ताहरूलाई बोलाउने निर्णय भएको समितिका जेष्ठ सदस्य रामबहादुर बिष्टले पनि पुष्टि गरे। सांसद साहका अनुसार बिहीबार बिहानदेखि बेलुकीसम्म उनीहरूको बयान गर्ने तयारी छ।

Classic Tech Desktop

प्रतिकृया