• ४ असोज २०८३, आइतबार
  • ६ः०३ बिहान

आज हिमाल दोलखा हाइड्रोपावरको साधारणसभा

प्रकाशित मिति

२०७९ भाद्र १९ गते, आईतवार ११:३९

१९ भाद्र २०७९, काठमाडौं: हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको वार्षिक साधारण आज हुँदैछ। यसअघि भदौ ३ गते, शुक्रबार हुने भनिएको कम्पनीको साधारण सभा गणपुरक संख्या नपुगेपछि स्थगित भएको थियो । कम्पनीको भदौ १० गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको तेर्हौँ र चौधौँ वार्षिक साधारण सभा आज भदौ १९ गते, आइतबार, लिसारा बैंङ्क्वेट हल, नक्साल, काठमाडौँमा पुन: बस्दैछ।

National Life

सभाले अध्यक्षको प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरिक्षक प्रतिवेदन, अन्य वित्तीय विवरण र अनुसूचीहरु पारित गर्नेछ । सभाले कम्पनीको पूँजी वृद्धि सम्बन्धी विशेष प्रस्तावलाई समेत अनुमोदन गर्नेछ । सभामा हकप्रदमार्फत पूँजी वृद्धि गरी २ अर्ब ८० करोड रुपैयाँ पुर्याउने प्रस्ताव पारित हुनेछ । सभाले १:०।७५ को अनुपातमा ७५ प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ ।


त्यसैगरी, कम्पनीले सभा प्रयोजनका लागि २६ साउनमा बुकक्लोज गरिसकेको छ । तसर्थ, २५ साउनसम्म कायम सेयरधनीले मात्र सभामा उपस्थित हुन पाउनेछन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया