• ०९:५३ २०८१ बैशाख ४ गते
  • 9:53 am

आज सुनको मूल्य बढ्यो

प्रकाशित मिति

२०७९ भाद्र १९ गते, आईतवार ११:३९

gold

१९ भाद्र २०७९, काठमाडौँ: नेपाली बजारमा आइतवार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार रुपैयाँ थियो ।


तेजाबी सुनको मूल्य तोलामा ९३ हजार एक सय रुपैयाँ रहेको छ । शुक्रबार प्रतितोला ९२ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।


आज चाँदीको मूल्य पनि बढेको छ । गत साताको शुक्रवार तोलामा ११ सय पाँच रुपैयाँ रहेको चाँदी आज पाँच रुपैयाँले बढेको हो । यससँगै आज प्रतितोला ११ सय १० रुपैयाँमा चाँदीको कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिकृया