• १४ असोज २०८३, बुधबार
  • ५ः१५ बेलुका

मनोज पाण्डेलाई थुनामा पठाउने आदेश उच्चबाट पनि सदर

प्रकाशित मिति

२०७९ भाद्र ९ गते, बिहीबार ०७:११

९ भाद्र २०७९, काठमाडौँ : बाल यौन दुराचारको आरोप लागेका कन्सल्टेन्सी सञ्चालक मनोजकुमार पाण्डेलाई थुनामा पठाउने जिल्ला अदालतको आदेश उच्च अदालतबाट पनि सदर भएको छ । उच्च अदालतका न्यायाधीश ऋषिराम दवाडी र नरिश्वर भण्डारीको इजलासले बिहीबार जिल्लाकै आदेश सदर गरेको हो ।

National Life

जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि पाण्डेले गत असार २४ गते उच्च अदालतमा निवेदन दिएका थिए । उनले आफूलाई थुनामुक्त गरेर मुद्दाको पुर्पक्ष गर्न माग गरेकोमा उच्चले आदेश दिन अस्वीकार गरेको छ । उनीविरुद्ध बालयौन दुरुपयोग र मानव बेचबिखनको कसुरमा मुद्दा दायर भएको थियो । गत असार ६ गते जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि कारागार कार्यालय डिल्लीबजार पठाउन आदेश दिएको थियो ।

प्रतिकृया