• १९ भदौ २०८३, शुक्रबार
  • १ः२० राती

नेप्से ओरालो यात्रामा,१८.३० अंकले घटेर २०३९.५४ विन्दुमा

प्रकाशित मिति

२०७९ भाद्र ९ गते, बिहीबार ०५:३८

९ भाद्र २०७९, काठमाडौं: आज (बिहीबार) सेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बिहीबार) सेयर कारोबार मापक नेप्से परिसूचक १८.३० अंकले घटेर २०३९.५४ विन्दुमा झरेको छ। नेप्से ०.८९ प्रतिशतले घटेको हो । यता सेन्सेटिभ परिसूचक पनि ३.७८ अंकले घटेर ३९४.५१ विन्दुमा झरेको छ ।


कूल २१९ वटा कम्पनीको ४२ लाख ३४ हजार एक सय १७ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ७१ करोड ७४ लाख ३६ हजार ७ सय ४१ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै वटा उपसमूहको सेयर घटेको छ। सबैभन्दा धेरै फाइनान्स समूह घटेको छ।

Kamana Sewa

त्यसैगरी, बिहीबार कारोबार रकममा हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले अग्रता कायम गरेको छ। कम्पनीको ११ करोड २४ लाख ६५ हजार रूपैयाँ बराबरको कारोबार भएको छ। आज अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। कम्पनीको सेयरमूल्य ९.९९ प्रतिशतले बढेर ३ सय ६४ रूपैयाँ ४० पैसा पुगेको छ।

Classic Tech Desktop

यस दिन मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै घटेको छ। कम्पनीको सेयरमूल्य ५.८२ प्रतिशतले घटेर ४ सय ६९ रूपैयाँमा झरेको छ।

प्रतिकृया