• १९ भदौ २०८३, शुक्रबार
  • ६ः५८ बेलुका

चाडपर्वमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न माग

प्रकाशित मिति

२०७९ भाद्र ७ गते, मंगलवार ०५:३७

७ भाद्र २०७९, काठमाडौँ : नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले चाडपर्वको समयमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गरी जनतालाई राहत दिन माग गरेको छ । महासंघका महासचिव डेकनाथ गौतमले मंगलबार विज्ञप्ति जारी गरी अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेको भन्दै नेपाली बजारमा पेट्रोलियम पदार्थको मूल्य घटाएर चाडपर्वको समयमा जनतालाई राहत दिन माग गरेका हुन् ।


“भारतबाट नेपालमा आयत हुने पेट्रोलियम पदार्थको मूल्यमा तीन पटक रकम घटेको छ, चाडपर्वको समयमा नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य समायोजन गरी यातायात व्यवसायी र जनतालाई राहत दिनुपर्छ”, महासंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ । महासंघका अध्यक्ष विजयबहादुर स्वारले कोरोना कहरका कारण ठूलो आर्थिक व्ययभार खेपेका यातायात व्यवसायीलाई राहत दिनुको सट्टा अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घट्दासमेत नेपालमा नघट्नु दुःखद कुरा भएको बताए ।

Kamana Sewa

उनले सार्वजनिक सवारी साधनको कर, बैँकको ब्याज, रुट इजाजत दस्तुर, जाँचपास बीमा, सवारी साधनको इञ्जिनको मूल्य अत्यधिक बढ्दा मारमा परेका यातायात व्यवसायीलाई पेट्रोलियम पदार्थको मूल्य समायोजन नहुँदा थप समस्या परेको उल्लेख गरे । महासंघले महङ्गो मूल्यमा पेट्रोलियम पदार्थ खरिद गरी सस्तोमा सेवा सञ्चालन गर्न नसक्ने अवस्था सिर्जना भएको र व्यवसायी व्यवसायबाट विस्थापित हुने अवस्था सिर्जना भएको बताएको छ । प्रदेश सरकारले पेट्रोलियम पदार्थको स्वचालित मूल्य समायोजन समेत नगर्दा समस्या परेको महासंघको भनाइ छ ।

Classic Tech Desktop

प्रतिकृया