• १७ असोज २०८३, शनिबार
  • ११ः४३ बिहान

कांग्रेस नेता गिरीको निधनमा शोक प्रस्ताव पारित गर्दै राष्ट्रिय सभा बैठक स्थगित

प्रकाशित मिति

२०७९ भाद्र ६ गते, सोमबार ०१:५१

६ भदौ २०७९ काठमाडौं: राष्ट्रियसभाले नेपाली कांग्रेस नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको निधनप्रति गहिरो दु:ख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ। राष्ट्रियसभाको सोमबार बसेको बैठकले प्रखर समाजवादी चिन्तकसमेत रहेका प्रतिनिधिसभा सदस्य स्वर्गीय गिरीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक प्रस्ताव पारित गरेको हो। त्यस अवसरमा उनको सम्झनामा एक मिनेट मौन धारणसमेत गरिएको थियो।

National Life

स्वर्गीय गिरी नेपाली कांग्रेसबाट २०५१ सालको प्रतिनिधि सभामा सिरहा जिल्ला क्षेत्र नम्बर ५ बाट निर्वाचित सदस्य, वि।स‌। २०६२र०६३ को जनआन्दोलनपछि पुन:स्थापित प्रतिनिधि सभा सदस्य, वि।सं। २०६४ र २०७० सालमा संविधानसभा सदस्य र २०७४ सालको प्रतिनिधि सभामा सिरहा जिल्लाको क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए।


राष्ट्रिय सभाको अर्को बैठक भदौ १२ गते आइतबार अपराह्न १ बजेर १ मिनेटमा बोलाइएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया