• २३ भदौ २०८३, मंगलबार
  • ११ः५७ बिहान

मोडल हन्ट नेपालमा ५२ प्रतिस्पर्धी

प्रकाशित मिति

२०७९ श्रावण १३ गते, शुक्रबार ०७:५०

१३ साउन २०७९, काठमाडौँ : जोय मोडल हन्ट नेपाल २०२२ का लागि ५२ प्रतियोगी छनोट भएका छन् । देशका ३२ जिल्लाबाट सहभागी सयौं प्रतियोगीमध्ये अडिसनका आधारमा २७ महिला र २५ पुरुष गरी ५२ प्रतियोगी छनोट भएका हुन् । आयोजक नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवी धमलाका अनुसार सातौं संस्करणको प्रतियोगिताको फिनालेका लागि छानिएका प्रतियोगी अब फाइनल स्पर्धाका लागि प्रशिक्षणमा जुट्ने छन् ।

National Life

प्रतियोगिताको छनोट चरणको निर्णायकमा नम्रता श्रेष्ठ (मिस नेपाल २०२०), रोजिन शाक्य (कोरियोग्राफर), रवि धमाला (सिइओ नेक्स्ट मोडल्स नेपाल), रुबिस्का श्रेष्ठ, अनिशा शाक्य र प्रविन चापागाई (मोडल हन्ट नेपाल विजेता २०२१) र मिष्टर नेपाल २०२२ विजेता नुतन श्रेष्ठलगायत थिए । प्रतियोगिताको विजेताले शिर्ष उपाधिका साथमा नगद ५ लाख बराबर उपहारसहित सेप्टेम्बर १ देखि १५ सेप्टेम्बरसम्म थाइल्याण्डमा आयोजना हुने ‘सुपर मोडल इन्टरनेसनलमा’ तथा महिला विजेता र पुरुषले ‘मिष्टर टुरिजम वल्र्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछन् ।


प्रतियोगितामा पुरुषतर्फ सरन एरिक विलियम्स, मनिष श्रेष्ठ, विराज गौतम, विवेक सिंह ठकुरी, अग्निश्री विश्वकर्मा, हिर्दय कुमार यादव, सम्राट सिंह, विवेक खड्गी, आदर्श श्रेष्ठ, रुविन श्रेष्ठ, मनिष बुढा, रोशन आचार्य, उगल लिम्बु, दिवस रसाइली, रोनी मगर, मौसम दिवान राई, आदर्श लिम्बु, सुरज गोयन्का, कर्मा तोपग्ये, सुलभ रत्न शाक्य, दिवस गौतम, निहाल के।सी, सूर्या महर्जन, प्रविणराज कार्की, कुनाल मिश्र छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

त्यस्तै महिलातर्फ सेरिन शाक्य, प्रिज्मा गुरुङ, सम्पदा घिमिरे, सुनिना तामाङ, समिका शेरचन, प्रतिमा हायु, याङ्चेन डोल्कर, एन्जेल राई, कृपा श्रेष्ठ, मल्लिका फैजु, स्मृति देउजु, स्तुति श्रेष्ठ, नम्रता शाही ठकुरी, सोमिता तामाङ, रिया मैनाली, सृष्टि गौतम, मोनिका अधिकारी, शर्मिला आले मगर, आँचल शाह, सारा राई, बिनिता खड्का, शिखा श्रेष्ठ, पल्पसा श्रेष्ठ, पुष्प धामी, अञ्जली सुनार, स्मृति श्रेष्ठ, साइच्छा थापा छन् ।

प्रतिकृया