• १९ असोज २०८३, सोमबार
  • ५ः१३ बिहान

नागरिकता विधेयकमा सरकारले छलफल गरेन, छल गर्‍यो– भीम रावल

प्रकाशित मिति

२०७९ श्रावण ६ गते, शुक्रबार ०३:३०

६ साउन २०७९, काठमाडौंः नेकपा एमालेका सांसद भीम रावलले सरकारले नागरिकता विधेयक छलछाम गरेर संसदमा फाष्ट ट्रयाकबाट पारित गर्न खोजेको आरोप लगाएका छन्। उनले नागरिकता जस्तो संवेदनशील बिषयमा छलफल नगरी पारित गर्न खोजिएको भन्दै आपत्ति जनाएका छन्।

National Life

शुक्रबार नागरिकता विधेयक संसदमा फास्ट ट्रयाकबाट पारित गर्ने सरकारको तयारी भइरहँदा छलफलमा भाग लिँदै रावलले कवितामार्फत सरकारलाई प्रश्न गरेका छन्,यो छल हो कि छलछाम हो? संसदीय समितिमा नपठाई, राजनीतिक अनैतिकता देखाएर राष्ट्रियतामाथि नै खेलवाड गर्दै विधेयक पारित गर्न खोजिएको उनको आरोप छ। उनले प्रश्न गरेका छन्– ‘वास्तविक नेपालीले सजिलै र विदेशीले धेरै प्रक्रिया पुर्‍याएर नागरिकता दिन सरकार तयार नहुनुको कारण के होलारु’


आफ्नो देशको हित विपरित जाने सरकारलाई के रोग लाग्यो भन्ने पनि उनको प्रश्न छ। साथै भारतमा नेपाली चेलीले ७ बर्ष कुर्नुपर्ने हामीले आउनेवित्तिकै दिनुपर्ने यो चलन गैरराजनीतिक र राष्ट्रहित भएको उनको भनाइ छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया