• २० भदौ २०८३, शनिबार
  • १२ः२९ राती

नागरिकता विधेयक आज संसदबाट पारित हुने

प्रकाशित मिति

२०७९ श्रावण ६ गते, शुक्रबार ०६:३५

६ साउन २०७९, काठमाडौँ : सरकारले आज नागरिकता विधेयक संसदबाट पारित गर्ने भएको छ। संसद सचिवालयले सार्वजनिक गरेको आजको प्रतिनिधिसभाको बैठकको कार्यसूचीमा विधेयक पारित गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेश गरिने उल्लेख छ।

National Life

गृहमन्त्री बालकृष्ण खाँणले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि सदनमा छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेपछि छलफल हुनेछ । छलफलपछि विधेयकमाथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिनेछ।


विधेयकमा ४५ जना सांसदले ३१ वटा संशोधन दर्ता गराएका छन्। यो विधेयक संसदीय समितिमा नपठाई संसदबाटै पारित गर्ने सरकारको तयारी छ।

Classic Tech Desktop

हेर्नुहोस् कार्यसूची

प्रतिकृया