• २० भदौ २०८३, शनिबार
  • ५ः३३ बिहान

दाहालको भारतीय प्रधानमन्त्री मोदीसँग भेट भएन,स्वदेश फर्किँदै

प्रकाशित मिति

२०७९ श्रावण १ गते, आईतवार ०४:०९

१ साउन २०७९ काठमाडौंः भारत भ्रमणमा रहेका पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट नगरी स्वदेश फर्कने भएका छन् । उनले यसअघि भारतीय प्रधानमन्त्री मोदीसँग भेट हुन सक्ने बताएका थिए । आइतबार बिहान भाजपा अध्यक्ष जेपी नड्डासँग भेट गरेपछि दाहाल त्यहीँबाट स्वदेश फर्कन लागेका हुन् ।

National Life

नड्डासँगको भेटमा अध्यक्ष दाहालले भारतीय जनता पार्टी र मा‌‌ओवादीबीच एक अर्काको आमन्त्रणमा दुवै देशमा संयुक्त कार्यक्रमहरु गर्दै जाने समझदारी गरेका छन् । भ्रमणमा सँगै रहेका दाहालका स्वकीय सचिव रमेश मल्ले अध्यक्ष दाहाल भाजपा अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा भारत भ्रमणमा आएको र आफूहरुको भ्रमण फलदायी भएको बताए ।


गत शुक्रबार भारत भ्रमणमा गएका दाहाल आइतबार स्वदेश फर्किँदैछन् ।

Classic Tech Desktop

प्रतिकृया