• १९ भदौ २०८३, शुक्रबार
  • १ः२८ राती

काठमाडौंको भृकुटीमण्डप स्थित गोदाममा आगलागी

प्रकाशित मिति

२०७९ असार २९ गते, बुधबार ०३:५०

२९ असार २०७९ काठमाडौंः काठमाडौँको भृकुटीमण्डप स्थित एक गोदाममा आगलागी भएको छ। भृकुटीमण्डप स्थित ह्वील चेयरको गोदाममा आगलागी भएको काठमाडौँ प्रहरी परिसरका एसपी दिनेशराज मैनालीले जानकारी दिए। उनका अनुसार हाल आगो नियन्त्रणको प्रयास भइरहेको छ।


आगो नियन्त्रणका लागि दमकल घटनास्थलमा पुगिसकेको उनले बताए। करिब ३ बजेबाट आगोलागी सुरु भएको बताइएको छ। प्रहरी, नेपाली सेनाको टोली, स्थानीय लगायत जुटेर आगो नियन्त्रणको प्रयास भइरहेको उनले बताएका छन्। घटनाबारे थप विवरण आउन बाँकी छ।

Kamana Sewa

प्रतिकृया