चियान्चाओले आज राष्ट्रपति भण्डारी, प्रचण्ड र ओलीसँग भेट गर्दै
प्रकाशित मिति
२०७९ असार २७ गते, सोमबार ०६:३०
२७ असार २०७९, काठमाडौं : नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टी ९सीपीसी०का विदेश विभाग प्रमुख लिउ चियान्चाओले सोमबार राष्ट्रपति विद्यादेवी भण्डारी, नेकपा (एमाले) अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गर्दैछन् ।
नेपाल भ्रमरणमा रहेका चियान्चाओले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा। नारायण खड्कासँग भेटवार्ता गरिसकेका छन् । चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख चियान्चाओले प्रधानमन्त्री शेरबहादुर देउवासँग बालुवाटारमा शिष्टाचार भेट गरेलगत्तै आइतबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा पुगेर परराष्ट्रमन्त्री खड्कासँग भेटवार्ता गरेका थिए ।
उनले सोमबार नै नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित नेतासँग समेत भेटवार्ता गर्दैछन् । चियान्चाओ तीन दिने भ्रमणका लागि आइतबार नेपाल आएका हुन् । प्रधानमन्त्रीको अमेरिका भ्रमण तय भइसकेपछि चिनियाँ उच्च नेतृत्वको भ्रमणलाई विशेष रुपमा हेरिएको छ ।







प्रतिकृया