• २८ भदौ २०८३, आइतबार
  • ३ः५२ दिउँसो

२७० किलो गाँजासहित ट्रक नियन्त्रणमा

प्रकाशित मिति

२०७९ असार २३ गते, बिहीबार ०४:११

२३ असार २०७९ काठमाडौंः प्रहरीले वीरगञ्जबाट २७० के.जी. गाँजासहित २ जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा भारत बिहार जिल्ला महोत्तरी ग्राम सेमरी वडा नं. ११ बस्ने २७ वर्षीय विजेशकुमार यादव र बिहार पूर्वी चम्पारणका ५० वर्षीय धर्मेन्द्र यादव रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता प्रल्हाद कार्कीले बताएका छन्।

National Life

उनका अनुसार वीरगञ्ज महानगरपालिका २१ परवानीपुरको बाटो हुँदै लागु औषध गाजा ओसार पसार भइरहेको सूचनाको आधारमा बिहीबार बिहान साढे ८ बजे गाजा बरामद गरीएको हो।सूचनाको आधारमा युपी २१ एएन ९९५७ नम्बरको ट्रक रोकेर चेकजाँच गर्दा २७० के.जी. गाजा बरामद गरिएको कार्कीले बताए। उनीहरु विरुद्ध लागु औषधसम्बन्धी कसुरमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

प्रतिकृया