• २७ भदौ २०८३, शनिबार
  • ७ः५४ बिहान

नबिल र नेपाल बंगलादेश बैंकको कारोबार बन्द

प्रकाशित मिति

२०७९ असार २३ गते, बिहीबार ११:१०

२३ असार २०७९ काठमाडौंः नबिल बैंक र नेपाल बंगलादेश बैंकले एकीकृत कारोबारका लागि आफ्ना सम्पूर्ण बैंकिङ सेवा तथा कारोबार बन्द गर्ने भएको छ।एक सूचनामार्फत यी बैंकहरूले २७ असारदेखि एकीकृत कारोबार गर्ने भएकाले शुक्रबारदेखि सोमबार कार्यालय समय अगाडिसम्म बैंकिङ कारोबार बन्द गर्ने जानकारी दिएको हो।

National Life

सोमबारदेखि नै नेपाल बंगलादेश बैंकको केन्द्रीय कार्यालया तथा शाखा कार्यालयहरूले नबिल बैंकको प्रादेशिकरशाखा कार्यालयको रूपमा कारोबार सञ्चालन गर्नेछन्। दुवै बैंकको सम्पूर्ण तथ्यांकलाई एकल बैंकिङ सफ्टवेयरमा समायोजन गर्ने प्रयोजनका लागि २४ असारमा कार्यालय समय पछि देखि सोमबार बिहान कार्यालय समय अगाडिसम्म नबिल बैंकका सम्पूर्ण सेवा तथा कारोबार र असार २५ गते शनिबार सार्वजनिक बिदाको दिन सञ्चालन हुने सम्पूर्ण काउन्टर तथा अन्य बैंकिङ सेवा बन्द रहनेछ। उक्त समयमा नबिल बैंकका क्रेडिट कार्ड र प्रिपेड कार्ड भने सञ्चालनमा रहने बैंकले जनाएको छ।


त्यसैगरी नेपाल बंगलादेश बैंकको भने बिहीबार कार्यालय समयपश्चात २७ असार बिहान कार्यालय अगाडिसम्म सम्पूर्ण बैंकिङ सेवा तथगा कारोबार बन्द रहनेछ। उक्त समयमा नेपाल बंगलादेश बैंकको क्रेडिट कार्ड भने सञ्चालन हुनेछ। नबिल बैंकले साविक नेपाल बंगलादेश बैंकबाट जारी भएको चेकलाई प्रतिस्थापन नगरेसम्म स्वीकार गर्ने व्यवस्था मिलाइएको जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

नेपाल बंगलादेश बैंकले डेबिट र क्रेडिटर प्रिपेड कार्डहरू सोमबार बिहान कार्यालय समयपश्चात सुचारु हुनेछ। नेपाल बंगलादेश बैंकले जारी गरेका सबै प्रकारका कार्डहरू क्रमिक रूपमा प्रतिस्थापन गर्न ग्राहकहरूलाई सूचीत गरी नयाँ कार्डहरू उपलब्ध गराइने बताइएको छ।


यी दुवै कम्पनीको गत ७ जेठमा सम्पन्न विशेष साधारण सभाबाट प्राप्ति गर्नेसम्बन्धी प्रस्ताव पारित भएको थियो। नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई १०० बराबर ४३ स्वाप अनुपातमा प्राप्ति गरेको हो।हाल नबिल बैंकको चुक्तापूँजी १८ अर्ब ४९ करोड ६१ लाख ८७ हजार रुपैयाँ छ भने नेपाल बंगलादेश बैंकको १० अर्ब ८ करोड ५३ लाख ९९ हजार रुपैयाँ रहेको छ। नबिल बैंकले नेपाल बंगलादेश बैकलाई प्राप्ति पश्चात बैकको प्राथमिक पूँजी ४३ अर्ब रुपैयाँ चुक्तापूँजी २२‍.५ अर्ब रुपैयाँ, कर्जा रकम ३०० अर्ब रुपैयाँ, निक्षेप रकम ३१४ रुपैयाँ हुनेछ।

प्रतिकृया