• २० भदौ २०८३, शनिबार
  • १२ः१८ राती

काठमाडौँमा दिनको समयमा घरमा चोरी गर्ने गिरोह पक्राउ

प्रकाशित मिति

२०७९ असार २२ गते, बुधबार ०६:२५

२२ असार २०७९, काठमाडौँ : काठमाडौँ उपत्यकाभित्र दिनको समयमा मानिसहरू घरमा नभएको मौका पारेर चोरी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार उनीहरुले घरमा नभएको मौकामा ढोका फोडी नगद, मोबाइल तथा सुन चाँदीका गरगहना चोरी गर्ने गरेका थिए ।

National Life

गत असार १६ गते गोकर्णेश्वर नपा वडा नं ६ नारायणटारमा चोरी भएको घटनामा संलग्न रहेका मानिसको खोजतलास गर्ने क्रममा चोरीमा संलग्न नुवाकोट विदुर घर भएका बुद्धवीर तामाङलाई चोरी गर्दा लगाएको कपडासँग मिल्दोजुल्दो हुलियासहित २१ गते नयाँ बानेश्वरबाट प्रहरीले पक्राउ गरेको थियो ।


तामाङसँग सोधपुछ गर्दा उनले काठमाडौँको विभिन्न स्थानहरूबाट चोरी गरेका मोबाइलहरू नयाँ बानेश्वर चोक नजिक रहेको अमितबहादुर श्रेष्ठको मोबाइल पसलमा बिक्री गरेको तथा सुनका गरगहनाहरू काठमाडौँ महाराजगञ्जस्थित पञ्चरत्न सुनचाँदी पसलमा लगेर सचिन विश्वकर्मालाई बिक्री गर्ने गरेको खुलासा गरेका थिए ।

Classic Tech Desktop

त्यसपछि श्रेष्ठ र विश्वकर्मालाई चोरी गरी लगेका मोबाइल तथा सुनसहित पक्राउ गरी थप कानुनी कारबाहीको लागि प्रहरी परिसर टेकु काठमाडौँ पठाइएको छ। साथै अनुसन्धानको क्रममा पञ्चरत्न सुनचाँदी पसलमा पुग्दा मिलन थापा मगरसमेत निरज थापामगर र विशाल थापा मगरले भन्सार चोरी पैठारी गरी सुन बिक्री गर्न लागेको अवस्थामा फेला पारेको थियो । उनीहरूलाई भन्सार छली गरी ल्याइएका सुनसहित पक्राउ गरी थप कानुनी कारबाहीको लागि अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय पठाइएको छ ।

प्रतिकृया