• १६ असोज २०८३, शुक्रबार
  • ७ः१४ बिहान

नेकमा आर्किटेक्चर मोडेल प्रदर्शन

प्रकाशित मिति

२०७९ असार २२ गते, बुधबार ०६:१३

२२ असार २०७९, भक्तपुर : नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट चाँगुनारायण भक्तपुरमा आर्किटेक्चरका दोस्रो वर्षका विद्यार्थीहरूले बनाएको मोडेलहरूको प्रदर्शनी मंगलबार सम्पन्न भएको छ । घरको डिजाईन कागजमा मात्र नकोरी तीनवटै आयाम सहितको घरको भौतिक मोडेल बनाउने कलाको आर्किटेक्चर विधामा विशेष महत्व रहन्छ ।

National Life

जम्मा ४८ जना पिद्यार्थीहरूलाई १६ वटा समूहमा विभाजन गरी प्रत्येक समूहले मोडेलमा छुट्टै आफ्नोपन देखाउन सक्नुपर्ने प्रावधान अनुरूप सबै समूहले आआफ्नै ढंगले मोडेल बनाएका थिए । मोडेल प्रदर्शनीमा कलेजका प्राचार्य प्रा।डा। हरिकृष्ण श्रेष्ठले राखेका जिज्ञासाको उत्तरमा विद्यार्थी समूहहरूले मोडेल बनाउन लगभग एक हप्ता लागेको तथा मोडेल बनाउने क्रममा समूहमा काम गर्ने सिप तथा समय व्यवस्थापन गर्ने सिप विकास भएको जानकारी दिए ।


सबै समूहलाई एउटै परिवेशमा आ-आफ्ने मौलिकता झल्किने मोडेल बनाउने जिम्मा दिइएको थियो । यस प्रकारको कृयाकलापबाट विद्यार्थीहरूमा व्यवहारिक सिप विकास हुने विश्वास आर्किटेक्चर कार्यक्रममा विभागीय प्रमुख सहप्राध्यापक न्हसला सायमीले व्यक्त गरिन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया