• 3:33 pm

आगामी तीन दिनको मौसम : देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना

प्रकाशित मिति

२०७९ असार २२ गते, बुधबार ०६:३४

२२ असार २०७९, काठमाडौँ : मनसुनी वायुको प्रभावले हाल देशभर सामान्य बदली भइरहेको छ। प्रदेश नं १, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


महाशाखाले बुधबार बिहान आगामी तीन दिनको मौसम मौसम विश्लेषण गर्दै जारी गरेको पूर्वानुमान बुलेटिनमा आज दिउँसो पनि देशभर आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको छ । राती गण्डकी र सुदूरपश्चिम प्रदेशका केही तथा बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।


भोलि र पर्सिको मौसम कस्तो हुनेछ ?

प्रतिकृया