• १९ भदौ २०८३, शुक्रबार
  • ११ः४६ राती

विभिन्न स्थानमा चार जना मृत अवस्थामा फेला

प्रकाशित मिति

२०७९ असार १९ गते, आईतवार ०५:५०

१९ असार २०७९,काठमाडौंः ललितपुर, सोलुखुम्बु, पाल्पा र सिन्धुलीमा चार जना व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।ललितपुरको ललितपुर महानगरपालिका–१३ कुसुन्ती डेरा गरी बस्ने नवलपरासी पूर्व घर भएका ४१ वर्षीय लेख बहादुर महत आफ्नै कोठामा शनिबार मृत अवस्थामा फेला परेका हुन् ।


सोलुखुम्बुको खुम्बुपासाङल्हामु गाउँपालिका–५ थाम्बुचेस्थित थामे गुम्बामा बस्दै आएका ५५ वर्षीय निमा शेर्पा आफू सुत्ने कोठामा शनिबार मृत अवस्थामा फेला परेका छन् । उनको स्थायी ठेगाना खोटाङ ऐसेलुखर्क गाउँपालिका–५ राखाबाङदेल भएको प्रहरीले जनाएको छ ।

Kamana Sewa

यस्तै पाल्पाको रम्भा गाउँपालिका–३ असर्दिस्थित कालीगण्डकी नदीको किनारमा हाल पहिचान नखुलेकी महिलाको शव आइतबार फेला परेको छ ।

Classic Tech Desktop

सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ खुर्कोट तल्लो बजारस्थित सुनकोसी नदीको किनारमा हाल पहिचान नखुलेकी करिब ३० बर्सिया महिला शनिबार मृत अवस्थामा फेला परेकी छन् । सबै घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रतिकृया