• २३ भदौ २०८३, मंगलबार
  • १०ः५७ बिहान

करिब १२ अंकले घट्यो नेप्से,परिसूचक ११.८२ अंकले घटेर १,९२१.३१ बिन्दुमा

प्रकाशित मिति

२०७९ असार १४ गते, मंगलवार ०४:००

१४ असार २०७९ काठमाडौंः मंगलबार नेप्से परिसूचक ११.८२ अंकले घटेर १,९२१.३१ बिन्दुमा पुगेको छ। अघिल्‍लो दिन नेप्से परिसूचक २३.८५ अंकले घटेको थियो। नेप्से घटेसँगै कारोबार रकम पनि घटेको छ। सोमबार दुई अर्ब ४ करोड ४८ लाख ३१ हजार रुपैयाँको कारोबार भएकोमा आज जम्मा एक अर्ब ५ करोड ८२ लाख ६३ हजार रुपैयाँको कारोबार भएको छ। आज २३० किसिमका धितोपत्र तथा ऋणपत्रको ३० लाख ३७ हजार ६८० सेयर किनबेच भएको छ।

National Life

कारोबार भएका धितोपत्र तथा ऋणपत्रमध्ये ५१ वटाको मूल्य बढेको छ भने जम्मा १५९ वटाको मूल्य घटेको छ। आज सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाको सबैभन्दा धेरै ९.९९ प्रतिशतले सेयर मूल्य बढेको छ। यसपछि उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाको ७.७४ प्रतिशतले मूल्य बढेको हो।


आज कारोबारमा आएका १३ उपसमूहहरूमध्ये बैंकिङ र लाइफ इन्स्योरेन्सको बाहेक सबैको मूल्य घटेको छ। बैंकिङको पनि आज जम्मा ०.०२ प्रतिशत र लाइफ इन्स्योरेन्सको १.०३ प्रतिशतले बढेको हो। आन फाइनान्सको १.५७ प्रतिशत, इनभेस्टमेन्टको १.६५ प्रतिशत र हाइड्रोपावरको १.६९ प्रतिशतले बढेको हो।कारोबार रकमको आधारमा आज सबैभन्दा धेरै एसियन लाइफ इन्स्योरेन्सको ७ करोड ३१ लाख ३३ हजार रुपैयाँको सेयर कारोबार भएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

यसपछि लाइफ इन्स्योरेन्स कर्पोरेसनको ५ करोड ४३ लाख ८७ हजार रुपैयाँ, सिटिजन इनभेस्टमेन्ट ट्रस्टको ५ करोड ३४ लाख ५४ हजार रुपैयाँ, नेपाल रिइस्योरेन्स कम्पनीको ४ करोड ३७ लाख ८३ हजार रुपैयाँ र न्यादी ग्रुप पावरको ३ करोड ५१ लाख ९२ हजार रुपैयाँको कारोबार भएको छ।

प्रतिकृया