• १९ भदौ २०८३, शुक्रबार
  • ६ः४६ बेलुका

टिचिङ अस्पतालले स्थगित गर्‍यो स्वास्थ्य बीमा कार्यक्रम

प्रकाशित मिति

२०७९ असार ३ गते, शुक्रबार ०६:५७

३ असार २०७९, काठमाडौँ : त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले स्वास्थ्य बीमा कार्यक्रम स्थगित गरेको छ। शुक्रबार अस्पतालले सूचना जारी गर्दै सरकारले बीमा सेवा दिएबापत भुक्तानी नपाएपछि कार्यक्रम नै स्थगित गरेको जनाएको हो।


बिमितको सेवाबापत स्वास्थ्य बीमा बोर्डले भुक्तानी गर्नुपर्ने रकम हालसम्म पनि भुक्तानी नगरेकोले कार्यक्रम नै स्थगित गर्न परेको अस्पतालले जनाएको हो।

Kamana Sewa

अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. दिनेश काफ्लेका अनुसार १५ असारदेखि अर्को सूचना प्रकाशित नभएसम्म लागि अस्पतालबाट सञ्चालित स्वास्थ्य बीमा कार्यक्रम स्थगित हुनेछ।

Classic Tech Desktop

प्रतिकृया