• १८:२१ २०८० चैत्र १६ गते
  • 6:21 pm

उखुको जुस सेवन गर्नुस् जण्डिस भगाउनुस्, यस्ता छन् फाइदै फाइदा

प्रकाशित मिति

२०७९ जेष्ठ २८ गते, शनिबार ०८:१०

1624896484 3DLmH

२७ जेठ २०७९, काठमाडौं : मौसम अनुसार हामिले फलहरु सेवन गरेमा हाम्रो स्वास्थ्यलाई निकै फाइदा पुग्छ । गर्मी याममा हाम्रो शरिरलाई तरल पदार्थ प्रशस्त मात्रामा आवश्यक पर्छ । त्यसैले गर्मी याममा फलफूलको जुस पिउनु पनि निकै राम्रो हुन्छ । गर्मी याममा उखुको जुस पनि निकै फाइदाजनक छ । उखुको जुसमा आइरन, पोटाशियम, क्याल्सियम, म्याग्रेसियम प्रशस्त रुपमा पाइन्छ । यसको सेबनले हाम्रो शरिरलाई धेरै र्नै फाइदा गर्छ ।


खादा पनि निकै स्वादिष्ट हुने उखुको जुस गर्भवती महिलाको लागी पनि निकै फाइदाजनक छ । यसको सेबनले जण्डीसको समस्याबाट छुटकारा पाउन सकिन्छ । यसको सेबनले शरिरमा पानीको कमीलाई समाधान गर्छ । यसमा प्रशस्त ग्लुकोज पाइने हुनाले यसको सेबनले हाम्रो शरिरमा शक्ति तथा उर्जा प्रदान गर्छ । यसले कलेजोलाइ स्वस्थ राख्न सहयोग पुर्याउछ । यसको सेबनले शितलता प्रदा गर्नुको साथै पिसाब सम्बन्धी समस्या समाधान गर्छ ।

प्रतिकृया