• १७ असोज २०८३, शनिबार
  • ८ः२२ राती

भारत निर्यात हुने नेपाली कृषि उत्पादनको परीक्षण अब बिहारमा

प्रकाशित मिति

२०७९ जेष्ठ २३ गते, सोमबार ०२:३६

२३ जेठ २०७९, काठमाडौंः नेपालबाट भारतमा निर्यात हुने नेपाली कृषि उत्पादनको परिक्षण अब भारतको बिहार राज्यमा हुने भएको छ । रक्सौलमा आइतबारदेखि खाद्य प्रयोगशाला सञ्चालनमा आएपछि नेपाली निर्यात व्यवसायीलाई गुणस्तर जाँच गर्न दिल्ली वा कोलकत्तामा नमूना पठाउनुपर्ने बाध्यता हटेको छ ।

National Life

नेपाली कृषि उत्पादनको भारतिय प्रयोगशालामा परीक्षण भई आएपछि मात्रै वस्तु निर्यात गर्नुपर्ने व्यवस्था छ । यस्तो व्यवस्थाका कारण नजिक खाद्य प्रयोगशाला नहुँदा दिल्ली वा कोलकत्तामा जानुपर्दा निर्यातकर्ता व्यवसायीलाई धेरै समय खर्चिनुपर्ने बाध्यता रहेको थियो । अब रक्सौलमै प्रयोगशाला संचालनमा आएपछि व्यवसायीलाई राहत भएको छ ।


आइतबार भारतका स्वास्थ्य एवम् परिवार कल्याणमन्त्री मनसुख मण्डावियाले प्रयोगशालाको उद्घाटन गरे । नेपालको तर्फबाट कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्रा राय यादवको पनि उपस्थिति थियो । भारतीय खाद्य संरक्षा एवम् मानक प्राधिकरण (एफएसएसएआई) द्वारा स्थापित यस प्रयोगशालामा भारत निर्यात गर्ने नेपाली कृषि उत्पादनको गुणस्तर परीक्षण गरिनेछ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया