• २२ जेठ २०८३, शुक्रबार
  • १:१८ बिहान

थप १४ जनामा कोरोना संक्रमण पुष्टि

प्रकाशित मिति

२०७९ जेष्ठ १९ गते, बिहीबार ०७:०९

१९ जेठ २०७९, काठमाडौँ : नेपालमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार ४ सय १३ पिसिआर परीक्षणका क्रममा ११ जना र १ हजार १ सय ८२ एन्टीजेन परीक्षणका क्रममा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।


कोरोनाका कारण बिहीबार पनि कसैको मृत्यु भएको छैन । त्यस्तै थप ८ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार १ सय १० जना निको भएका छन् । हाल नेपालमा १ सय १ सक्रिय संक्रमित आइशोलेशनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Kamana Sewa

प्रतिकृया