• २० असोज २०८३, मंगलबार
  • ९ः२३ राती

‘आईएमई पे’ मोबाइल वालेटको ‘रिफर एन्ड अर्न’ अफर

प्रकाशित मिति

२०७९ जेष्ठ १९ गते, बिहीबार ११:४६

१९ जेठ २०७९, काठमाडाैंः आईएमई पेले प्रयोगकर्ता माझ “रिफर एन्ड अर्न” अफर ल्याएको छ । यस अफर अन्तर्गत आइएमई पे एपका प्रयोगकर्ताहरुले आफ्नो एपमा रहेको “रिफर कोड” आफ्नो साथी–भाइ माझ शेयर सक्नेछन् । प्रापकले सो कोड स्वीकारेर आइएमई पे एप डाउनलोड गरी केवाईसी रुजु भएर प्रयोग गरे पश्चात् दुवै जनाले रु. २५ आफ्नो आइएमई पे वालेटमा पाउने कम्पनीले जनाएको छ ।

National Life

प्रयोगकर्ताहरूले एउटा रिफर कोड धेरै पटक प्रयोग गर्न मिल्छ भने प्रयोगकर्ताहरूले आफ्नो आइएमई पे एपको “रिफर फ्रेन्ड“ भागबाट वा https://app.imepay.com.np/links/invite बाट रिफर कोड प्राप्त गर्न सक्नेछन् ।


आइएमई पेले यस अफर ल्याउनको मुख्य उद्देश्य आफ्नो सम्भावित ग्राहकलाई आइएमई पे एप डाउनलोड गरी डिजिटल भुक्तानी माध्यममा परिणत हुन प्रोत्साहन दिने बताएको छ । यस अफरले अवस्थित सेवाग्राहीहरु पनि यस एप निरन्तर रुपमा प्रयोग गर्न सानो प्रोत्साहन दिने आइएमई पेले विश्वास राखेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया