रेनुले विजयसँग बनाइन् ६९३९ को मतान्तर
प्रकाशित मिति
२०७९ जेष्ठ ८ गते, आईतवार ०८:२०
७ जेठ २०७९, काठमाडौं : चितवनको भरतपुर महानगरपालिकाको मेयर उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले लामो मतान्तर कायम गरेकी छन् । उनले आफ्नो निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदीसँग रेनुले झण्डै ७ हजार नजिकको अग्रता कायम गरेकी छन् ।
पछिल्लो मत परिणाम अनुसार रेनुले ३२५१९ मत पाएकी छन् । त्यस्तै एमालेका उम्मेदवार विजय सुवेदीले २५५८० मत पाएका छन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ११,२९६ मत पाएका छन् । हालसम्म भरतपुरमा ८३१११ गणना भइसकेको छ । जसमा मुख्य प्रतिस्पर्धी रेनु र विजयको मतान्तर ६९३९ हो ।
त्यस्तै उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारीले अग्रस्थानमा छन् । उनले हालसम्म ३४,९३४ मत पाउँदा पाएका छन् । त्यस्र्तै राप्रपाकी हिमला गुरुङले २००३१ मतका पाएकी छन् । भरतपुरका २९ वडाबाट एक लाख २७ हजार ८३१ मत खसेको थियो । शनिबार राति ११ बजेसम्ममा भरतपुरमा ८३१११ मत गणना भइसकेको छ ।








प्रतिकृया