• ४ साउन २०८३, सोमबार
  • १:५४ बिहान

कलैयाका मेयरलाई तौल बराबरको लड्डुले स्वागत

प्रकाशित मिति

२०७९ जेष्ठ ७ गते, शनिबार ०८:०२

७ जेठ २०७९, काठमाण्डौं : बाराको सदरमुकाम कलैया उपमहानगरपालिकामा नवनिर्वाचित मेयर विनोद साह र उपमेयर रौशन प्रविनलाई समर्थकले उनीहरुकै तौल बराबरको लड्डुले स्वागत गरेका छन् । साथै, वडा नं.१० का वडाध्यक्ष मोहमद सबिरले पनि यो स्वागत पाएका छन् ।


चुनाव जितेर विजयी र्‍यालीमा वडामा पुगेका तीनै जनालाई महमद गजनी ठकुराईले उनीहरुकै तौल बराबरको लड्डुले स्वागत गरेका हुन् ।

Kamana Sewa

जनप्रतिनिधिलाई काँटामा राखेर उनीहरुकै तौल बराबरको लड्डु दिइएको थियो । त्यो लड्डु पछि उपस्थित समर्थकलाई बाँडिएको छ ।

Classic Tech Desktop

लड्डु दिने ठकुराईले आफू कुनै पनि दलमा नरहेको भन्दै यी जनप्रतिनिधिले जातपात नहेरी काम गर्ने विश्वासमा लड्डु बाँडेको बताए ।


स्वागतपछि मेयर साहले नागरिकको यसप्रकारको विश्वासलाई आफूहरुले कहिल्यै टुट्न नदिने बताएका छन ।


मेयर साहले कलैया उपमहानगरपालिकालाई देशमै नमूना उपमहानगर बनाउने हिसावले आफूले ५ वर्षदेखि गोप्य गृहकार्य गरिरहेको बताउँदै अब त्यसको कार्यान्वयन गर्ने बताए ।


कलैयाको मेयरमा साह २४ हजार १३९ मत ल्याएर बिजयी भएका छन । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजेश राय यादवले १८ हजार ५४० मत ल्याए । उपमेयरमा परविनले १९ हजार २५१ मत प्राप्त गरि बिजयी भएकी हुन । उपमेयरमा निकटतम प्रतिद्वन्द्वी प्रमोद गुप्ताले १८ हजार ३०२ मत पाए ।

प्रतिकृया