• १६ असोज २०८३, शुक्रबार
  • ५ः२३ बिहान

सौन्दर्य प्रतियोगिताको नाममा बलात्कार गरेको आरोपमा मनोज पाण्डे पक्राउ

प्रकाशित मिति

२०७९ जेष्ठ ७ गते, शनिबार ०६:५९

७ जेठ २०७९, काठमाण्डौं : सौन्दर्य प्रतियोगिताको नाममा किशोरीलाई बलात्कार गरेको आरोप लागेका मनोज पाण्डे पक्राउ परेका छन् । पाण्डेलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले शनिबार पक्राउ गरेको हो । बुधबार राति सामाजिक सञ्जाल टिकटक मार्फत एक युवतीले सौन्दर्य प्रतियोगितामा सहभागी हुने क्रममा आफू माथि पटकपटक बलात्कार भएको घटना सार्वजनिक गरेकी थिइन् ।

National Life

उनले ०७१ सालमा भएको मिस ग्लोबल प्रतियोगिताका क्रममा कन्सल्टेन्सी सञ्चालकले बलात्कार गरेको खुलाएकी छन् ।


घटनाबारे अनुसन्धान गरी आवश्यक कारबाही गर्न गृहमन्त्री बालकृष्ण खाणको निर्देशनमा प्रहरी प्रधान कार्यालयले पाँच सदस्यीय समिति गठन गरेको छ । समितिका नेतृत्व गरेका प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरको टोली शुक्रबार नै युवतीलाई भेट्न उनको घरमा पुगेको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

त्यसपछि आज पीडक भनिएका पाण्डेलाई पक्राउ गरिएको हो । किशोरीको न्यायका लागि र दोषीमाथि कारबाहीको माग गर्दै राजधानीलगायतका मुख्य शहरहरूमा प्रदर्शन भइरहेको छ ।

प्रतिकृया