• १५ असोज २०८३, बिहीबार
  • ५ः०७ बिहान

आजको मौसम : देशको विभिन्न क्षेत्रमा वर्षाको सम्भावना

प्रकाशित मिति

२०७९ बैशाख ३१ गते, शनिबार ०७:५७

३१ बैशाख २०७९,काठमाण्डौं : आज शनिबार मुलुकका विभिन्‍न क्षेत्रमा वर्षा हुने भएको छ । काठमाडौँ उपत्यकामा बिहानैदेखि बदली छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार स्थानीय र पश्चिमी वायुका कारण बिहान प्रदेश १, मधेस, गण्डकी र लुम्बिनीका थोरै स्थानमा हल्का वर्षा भएको छ ।

National Life

दिउँसो प्रदेश १, बागमती र गण्डकीका केही स्थान तथा मधेश, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।


राति प्रदेश १, मधेश र बागमतीका थोरै स्थानमा वर्षाको आँकलन गरिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

आइतबार पनि प्रदेश १, बागमती, गण्डकी र लुम्बिनीका केही स्थान तथा कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका एक–दुई स्थानमा वर्षाको सम्भावना छ ।

प्रतिकृया