• २० असोज २०८३, मंगलबार
  • ११ः१८ राती

११:१५ बजेसम्म २५ प्रतिशत मत खस्यो : स्थानीय तह निर्वाचन

प्रकाशित मिति

२०७९ बैशाख ३० गते, शुक्रबार १२:००

३० बैशाख २०७९, काठमाण्डौं : स्थानीय तह सदस्य निर्वाचन अन्तर्गत देशभर मतदान भइरहेको छ । ७५३ पालिकाका लागि भएको मतदानमा बिहान ११ बजेसम्म २५ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बिहान ११स्१५ सम्मको अपडेटमा औसत २५ प्रतिशत मत खसेको जानकारी दिए ।

National Life

बिहान ७ बजेदेखि साँझ ५ बजे सम्म मतदाताले जनप्रतिनिधि चुन्नका लागि मतदान गरिरहेका छन् । देशका ७७ जिल्लाका १० हजार ७ सय ५६ मतदानस्थलका २१ हजार ९ सय ५५ मतदान केन्द्रहरूमा १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाताले मतदान गर्दैछन् ।

प्रतिकृया