• २० असोज २०८३, मंगलबार
  • ५ः३५ बिहान

स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाे निर्वाचन आयोगकाे दाबी

प्रकाशित मिति

२०७९ बैशाख २९ गते, बिहीबार ०४:३६

२९ बैशमख २०७९, काठमाडौं : निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको दाबी गरेकाे छ । आयोगका प्रवक्ता सूर्य प्रसाद अर्यालले बिहीबार पत्रकार सम्मेलनमार्फत निर्वाचनको सबै तयारी पुरा भएको जानकारी दिएका हुन् ।

National Life

निर्वाचन भयमुक्त र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन आयोगले गत मंगलबार रातिदेखि नै मौन अवधि लागू गरेको थियो । मौन अवधिमा आचारसंहिताको पालनाका लागि नियमित अनुगमन संयन्त्रले काम गरिरहेको अर्यालले बताए । मौन अवधिमा भएका आचारसंहिता उलंघनका घटनामा विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालबाट समेत प्राप्त सूचनालाई आयोगले जानकारीमा लिएको बताए ।


उनका अनुसार आचारसंहितासँग सम्बन्धित विषयमा ६६ वटा स्पष्टीकरण, ९ वटा सचेत र १ वटा ध्यानाकर्षणका निर्णय भएको छ । आचारसंहिताको उलंघन हुने गरी क्रियाकलाप गरेको भन्दै आयोगले एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र माओवादी केन्द्र बागमती प्रदेश सदस्य गंगा दाहाललाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया